budhadarshan tv

15 Posts
पौष ५ देखि प्रथम कावासोती गोल्डकप प्रतियोगिता हुने

पौष ५ देखि प्रथम कावासोती गोल्डकप प्रतियोगिता हुने

कावाासोती पौष १ ।नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी पौष ५ देखि हुने प्रतियोगिता सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा हुने भएको छ । कावासोती–१६ डण्डा स्थित खेलमैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिनुभयो। प्रतियोगितामा दुई विदेशीसहित देशभरका उत्कृष्ट १२ टिमको सहभागिता रहने आयोजकले, मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रथम हुने टिमले नगद तीन लाख रुपैयाँ , ट्रफी र प्रमाण पत्र, दोस्रो हुनेले नगद एक लाख ५० हजार रुपैयाँ , ट्रफी र प्रमाण पत्र तथा तृतीय स्थान हासिल गर्ने टिमले नगद ७५ हजार रुपैयाँ ,…
Read More
राइट टु स्टडी नेपालद्वारा शैक्षिक सामग्री सहयोग , कावासोतीका हजारौँ विद्यार्थी लाभान्वित ।

राइट टु स्टडी नेपालद्वारा शैक्षिक सामग्री सहयोग , कावासोतीका हजारौँ विद्यार्थी लाभान्वित ।

कावासोती , मँसिर २८ । परोपकारी सँस्था राइट टु स्टडी नेपालले नवलपुर कावासोतीका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ । गत विहीवार र शुक्रवार दुई दिनमा, सँस्थाले नगरपालिकाभित्रका १० वटा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको हो । राइट टु स्टडी नेपालका अध्यक्ष पुरण डँगोलका अनुसार , ती विद्यालयहरुमा करिव पाँच लाख रुपैयाँ वरावरको शैक्षिक सामग्री वितरण गरिएको छ । सँस्थाले मँसिर २५ गते विहीवार ,कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयवाट शैक्षिक सामग्री वितरण थालेको थियो । कार्यक्रममा सँस्थाका अध्यक्ष पुरण डँगोल, कावासोती नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष चुरामणि थनेत , कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा, पूर्व वडा…
Read More
लुम्बिनीले एनपीएल उपाधि उचाल्दा , सुदूरपश्चिम दोस्रो पटक पनि उपविजेता ।

लुम्बिनीले एनपीएल उपाधि उचाल्दा , सुदूरपश्चिम दोस्रो पटक पनि उपविजेता ।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३र३ विकेट लिए…
Read More
निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ । शनिवार, भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा वोल्दै , निर्वाचनको वातावरण नवनेपछि प्रतिनीधि सभा पुनस्र्थापनाको आफ्नो माग यथावत रहेको वहाँले वताउनुभएको हो । वहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै अरू दलहरूलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो । अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत सरकार भएको आरोप लगाउँदै ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने…
Read More
पाल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको सँख्या चार पुग्यो ।

पाल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको सँख्या चार पुग्यो ।

पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी घाइते भएका मध्ये उपचारको क्रममा थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको सँख्या ४ पुगेको हो । प्रहरीका अनुसार नवलपुर मध्यविन्दु –१३ का ३४ वर्षीय सुन्दर वि.क. को उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको छ । त्यस्तै, शुक्रबार पाल्पा निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया वि.क. को घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । जिप…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.