असोज १८ ,कावासोती नवलपुर ।
वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी सँस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १७ गते शनिवारका दिन कावासोती २ स्थित पुन समाजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सँस्थाका अध्यक्ष थाम वहादुर गाहाको अध्यक्षता रहेको थियो भने निवर्तमान अध्यक्ष एवम सल्लाहकार समितिका सँयोजक जगतकाजी गुरुङ् प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि जगतकाजी गुरुङ्ले सँस्था स्थापनाकालमा भोग्नुपरेका समस्याहरुको स्मरण गर्नुभयो । वहाँले पूर्व गोर्खा सैनिकहरुको चिया छलफलका क्रममा सँस्था स्थापना गर्ने सोँच वीजारोपण भएको त्यसै अनुरुप सँस्थाको जन्म भएको वताउनुभयो । फरक उद्देश्यका साथ स्थापना भएको सँस्था भएकोले सँस्थाको विशिष्ट पहिचान भएको वताउनुहुँदै वहाँले यस सँस्थाको उन्नति प्रगतिका लागि सवै शेयर सदस्यहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो । फरक प्रसँगमा वोल्नुहुँदै आदिवासी जनजाति समुदाय राजनीतिक रुपमा पनि सचेत हुनुपर्ने खाँचो औँल्याउनुभयो । वहाँले आदिवासी जनजाति समुदायलाई राजनीतिक दलका सामान्य कार्यकर्ता मात्र होइन , नेतृत्वमा पुग्न सक्ने गरी राजनीति गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष थाम वहादुर गाहाले सँस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विष्णु वहादुर गुरुङले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वहाँले ५ करोड , ६० लाख , ५७ हजार २ सय ४४ रुपैयाँ ६६ पैसा वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

सँस्थाले आगामी वर्षका लागि विभिन्न योजनाहरु पारित गरेको छ । त्यसैगरी कार्यक्रममा विभिन्न विधामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । सँस्थाले ज्येष्ठ शेयर सदस्यका रुपमा सँस्थापक सदस्य एवम समाजसेवी नर वहादुर ठाडालाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरेको छ । त्यस्तै , टेलिभिजनको आधिकारीक वेभसाइट निर्माण गरी सहयोग गर्नुभएकोमा सँस्थापक सचिव राम वहादुर व्लोनलाई पनि सम्मान गरिएको छ । असल ऋणीका रुपमा भने सुवधन गुरुङ् र लक्ष्मी आले सम्मानित हुनुभएको छ । असल वचतकर्ताका रुपमा चिनमाया पुलामी र गायत्री कुमारी दास गुरौ, उत्कृष्ट कर्मचारीका रुपमा वजार प्रतिनिधि सनम थापा सारु सम्मानित हुनुभएको छ । त्यस्तै शेयर सदस्य आशा श्रेष्ठका सुपुत्र सुरज श्रेष्ठलाई एसईई परीक्षा २०८२ मा ए प्लस नतिजा प्राप्त गरेवापत सम्मान गरिएको छ ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासँघ(फोनिज) नवलपुरकी निवर्तमान अध्यक्ष चन्दा गुरुङ्, युवा समाजसेवी युग महतो, समाजसेवी देवीसरा पुलामी सम्मानित व्यक्तित्व एवम विशिष्ट अतिथि नर वहादुर ठाडा, अतिथि राम वहादुर व्लोन तामाङ् लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव वेल वहादुर वरालले सञ्चालन गर्नुभएको कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।