पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा विहीवार जिल्ला प्रहरी परिसर काठमाण्डाै अगाडि धर्ना दिएको छ ।

श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारले काठमाण्डाै प्रहरी परिसर अगाडि धर्ना दिएका हुन् ।

प्रहरीले पत्रकार श्रेष्ठलाई गएराति ललितपुरको नख्खुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाण्डाै प्रहरी परिसरको हिरासतमा राखेको छ ।

महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासङ्घको भनाइ छ ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.