दोस्रो जीएम कप हुँदै ः १० उत्कृष्ट टीमवीच प्रतिष्पर्धा हुने ।

फाल्गुण ११ , कावासोती ।

जी एम समाज नवलपुरले आगामी फागुन २८ देखि दोस्रो जीएम कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । चैत ३ गतेसम्म कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगणमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने सोमवार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा वताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख रुपैयाँ, द्वितीय हुनेले एक लाख पचास हजार रुपैयाँ र तृतीय हुनेले एक लाख रुपैयाँ सहित पदक तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक जी एम समाजका महासचिव धिरेन्द्र प्रताप गाहा मगरले जानकारी दिनुभयो । त्यसैगरी सान्त्वना पुरस्कारको राशी भने ५० हजार रुपैयाँ, सहित पदक र प्रमाण पत्र रहेको वहाँले वताउनुभयो ।


त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार, पदक र प्रमाण पत्रको व्यवस्था रहेको छ । खेल सञ्चालन गर्नका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समाजका कार्यवाहक अध्यक्ष धन बहादुर राना मगरले जानकारी दिनुभयो । संस्थाका सदस्यहरु, विदेशमा रहेका शुभेच्छुकहरुबाट चन्दा तथा गण्डकी प्रदेश खेलकुद परिषद्, नवलपुर खेलकुद विकास समिति लगायतबाट पाएको सहयोगले खर्च व्यवस्थापन गरिने वहाँको भनाइ छ ।
कार्यक्रममा नवलपुर खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले विगतमा गरिएको कार्यक्रमका गल्तीहरु सच्चाउँदै यो पटकको प्रतियोगिता सफल ढंगले सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जिएम समाजसँग सहकार्य गरी प्रतियोगिता गर्न पाउनु खुशीको विषय भएको बताउनुभयो ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.