पौष ५ देखि प्रथम कावासोती गोल्डकप प्रतियोगिता हुने

कावाासोती पौष १ ।
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी पौष ५ देखि हुने प्रतियोगिता सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा हुने भएको छ । कावासोती–१६ डण्डा स्थित खेलमैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिनुभयो।

प्रतियोगितामा दुई विदेशीसहित देशभरका उत्कृष्ट १२ टिमको सहभागिता रहने आयोजकले, मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रथम हुने टिमले नगद तीन लाख रुपैयाँ , ट्रफी र प्रमाण पत्र, दोस्रो हुनेले नगद एक लाख ५० हजार रुपैयाँ , ट्रफी र प्रमाण पत्र तथा तृतीय स्थान हासिल गर्ने टिमले नगद ७५ हजार रुपैयाँ , ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष अर्यालले वताउनुभयो ।

साथै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता, गोलकिपर, मिडफिल्डरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कावासोती गोल्डकप खेल्नका लागि नाइजेरियाको टिम जस्ट जोन एफसी, भारत कोलकाताको एभीएफसी, कावासोतीका दुई स्थानीय क्लवसहित विभिन्न जिल्लाका क्लवको नाम निश्चित भएको अर्यालले जानकारी दिनुभयो ।

नगर भित्रका प्रतिभावान खेलाडिलाई उचित मञ्च प्रदान गर्न, खेलमार्फत सकारात्मक उर्जा, स्वस्थ्य जीवनशैली, नेतृत्व क्षमता र अनुशासन अभिबृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १७ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुन सक्ने आर्थिक व्यवस्थापन समितिका संयोजक तेज बहादुर केसीले जानकारी दिनुभयो । जसमध्ये कावासोती नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने पालिका भित्रका विभिन्न वडाहरुले पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका केसीले बताउनुभयो । बाँकी नपुग रकम भने आयोजक संस्थाले आफैले व्यहोर्ने वताइएको छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.