राइट टु स्टडी नेपालद्वारा शैक्षिक सामग्री सहयोग , कावासोतीका हजारौँ विद्यार्थी लाभान्वित ।

शैक्षिक सामग्री वितरणवाट विद्यालयमा अध्ययनरत ४ सय ३० जना विद्यार्थी लाभान्वित भएका विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले वताउनुभयो ।

कावासोती , मँसिर २८ ।

परोपकारी सँस्था राइट टु स्टडी नेपालले नवलपुर कावासोतीका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ । गत विहीवार र शुक्रवार दुई दिनमा, सँस्थाले नगरपालिकाभित्रका १० वटा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको हो । राइट टु स्टडी नेपालका अध्यक्ष पुरण डँगोलका अनुसार , ती विद्यालयहरुमा करिव पाँच लाख रुपैयाँ वरावरको शैक्षिक सामग्री वितरण गरिएको छ ।


सँस्थाले मँसिर २५ गते विहीवार ,कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयवाट शैक्षिक सामग्री वितरण थालेको थियो । कार्यक्रममा सँस्थाका अध्यक्ष पुरण डँगोल, कावासोती नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष चुरामणि थनेत , कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा, पूर्व वडा सदस्य सृजना विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री वितरणवाट विद्यालयमा अध्ययनरत ४ सय ३० जना विद्यार्थी लाभान्वित भएका विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले वताउनुभयो ।


सँस्थाले सोही दिन महाराजा आधारभूत विद्यालय हात्तीखोर , सन्तुदेवी प्रा.वि. पिठौली , नारायणी प्रा.वि.पिठौली र शान्ति प्रा. वि. गैरीमा पनि शैक्षिक सामग्री वितरण गरेको थियो । त्यसैगरी मँसिर २६ गते शुक्रवारका दिन सँस्थाले सरस्वती जनजागृति प्रा.वि. साँढ, जनचेतना प्रा.वि. रतवल, माझी प्रा.वि. वाघखोर , नारायणी प्रा.वि. पिठौली र त्रिभुवन वाल मा.वि.ढोकीमा शैक्षिक सामग्री वितरण गरिएको सँस्थाका अध्यक्ष डँगोलले वताउनुभयो ।

सन २०१८ मा स्थापना भएको सँस्थाले हालसम्म ग्रामीण क्षेत्रका ६७ विद्यालयहरुमा शैक्षिक सामग्री प्रदान एवम विद्यालय भवन निर्माण गरेको छ ।

आर्थिक, भौगोलिक तथा सामाजिक अवस्थाका कारण पिछडिएका कोही पनि वालवालिका शिक्षाको अधिकारवाट वञ्चित नहोउन भन्ने उद्देश्यका साथ सँस्थाको स्थापना भएको अध्यक्ष डँगोलले वताउनुभयो । सँस्थाले हरेक वर्ष सहयोग प्रदानका लागि विद्यालयको सँख्या थप गर्दै लगेको छ भने सहयोगको सुरुवात भएको विद्यालयमा निरन्तरता समेत दिँदै आएको छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.