नवलपुरको कावासोतीमा अटो पल्टँदा , १ को मृत्यु ७ घाइते

कावासोती नवलपुर , कार्तिक १ ।

नवलपुरको कावासोती – ६ माझटोलको भित्री सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु ७ जना घाइते भएका छन् । कावासोती बिष्नुनगरबाट कावासोतीतर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई नहरमा पल्टिदा आठ जना घाईते भएका प्रहरीले जनाएको छ ।
जसमध्ये दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी कावासोती–१ हात्तीखोर निवासी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कावासोती–१ हात्तीखोरका अटो चालक ४४ वर्षीय मान सिंह थापा, २३ वर्षीया निशा सुनार, ५० वर्षीया फुलमाया सुनार, १७ वर्षीया जमुना गाहा मगर, २२ वर्षीय निर्मल गाहा, ७ वर्षीया रोनिशा सुनार र १८ वर्षका गंगा गाहा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अलिन पण्डितले जानकारी दिनुभयो ।

घाइतेमध्ये चार जनालाई नवलपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनका विभिन्न अस्पतालमा रेफर गरिएको छ भने अन्य दुई जनाको नवलपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते चालक थापालाई भने सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

थापाले मादक पदार्थ सेवन गरी अटो चलाएको र आवश्यक कागज पत्र पनि साथमा नबोकेको पाइएको पण्डितले जानकारी दिनुभयो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.