तेश्रो नवलपुर आदिवासी महोत्सवको तयारी सम्पन्न ।

कावासोती नवलपुर ।
चैत्र २५
नेपाल आदिवासी जनजाति महासँघ नवलपुरको आयोजनामा हुन लागेको महोत्सवको तयारी सकिएको छ । चैत्र २६ गते विहीवारवाट शुरु हुन लागेको तेश्रो आदिवासी महोत्सवको तयारी सकिएको महासँघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।
आदिवासी जनजातिको सँस्कृति झल्काउने जातिय झाँकी तथा ¥याली सहित महोत्सवको उद्घाटन हुने तय भएको श्रेष्ठले वताउनुभयो । उद्घाटन समारोहमा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रुपमा रहनुहुने पनि वहाँले जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा उल्लेख्य सँख्यामा आदिवासी अभियन्ताहरु, कलाकार ,समाजसेवी तथा राजनीतिज्ञहरुको पनि आतिथ्यता रहने वताइएको छ ।


महोत्सवमा अन्य महोत्सवमा हुने आकर्षणका अलावा अन्य थुप्रै विशेष आकर्षणहरु रहने आयोजकले जनाएको छ । व्यापारिक तथा मनोरञ्जनका स्टल सहित विभिन्न जातीय अर्गानिक तथा परम्परागत परिकार, जातीय साँस्कृतिक प्रस्तुतिहरु , जातजातिका घरहरु यस महोत्सवको आकर्षणका रुपमा रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
विहान ठीक १० वजे कावासोतीको फलफूलचोक देखि महोत्सव स्थलसम्म साँस्कृतिक झाँकी सहितको ¥याली पश्चात औपचारिक उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रमका लागि विभिन्न जातिय सँस्थाहरुको उल्लेख्य सहभागिता हुने छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति समेत रहनेछ । महोत्सवको अवलोकन गरी नवलपुर जिल्लाको गौरव वढाउने कार्यमा योगदान पु¥याउन जिल्लावासी महानुभावहरुलाई अध्यक्ष श्रेष्ठको आग्रह छ ।
महोत्सव, कावासोती २ भाट्टोला स्थित खेलमैदानमा आगामी वैशाख ७ सम्म जारी रहनेछ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.