‘अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अब निर्वाधारित समयमै निर्वाचन सम्मन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुछ ।’

९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् ।
सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।