सकियो एमाले महाधिवेशन,सपथ ग्रहण सम्पन्न भोलि पहिलो बैठक बस्दै ।

नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभएको छ भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो ।


प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा(वादल), गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।
शङ्कर पोखरेल महासचिवमा विजयी हुनुभएको छ भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभएको छ । सचिवमा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी हुनुभएको हो ।

महाधिवेशनमा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५–२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि शुक्रवार बस्ने भएको छ । काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.