कावासोती नवलपुर ,
चैत्र २२ ।
नवलपुरको कावासोती–८ स्थित मौलाकालिका अपाँग सेवा सँस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । चैत्र २२ गते आईतवार सम्पन्न कार्यक्रममा सँस्थाकी अध्यक्ष सविना गिरीको अध्यक्षता एवम कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुषालको प्रमुुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा सहयोगदाता तम्सरीया फाउण्डेशनकी अध्यक्ष टेरेसा भान रेज्वाइक, पूर्व न्यायाधीष ऋषि अधिकारी, कावासोती १२ का अध्यक्ष ध्रुव खनाल, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
शारिरीक रुपमा असक्त वालवालिकाहरुको भरणपोषण र पठनपाठनका लागि सँस्थाले कार्य गर्दै आएको छ । शुरुवातको समयमा घरभाडामा सञ्चालन हुँदै आएको सँस्थाको हाल आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण गर्न लागिएको अध्यक्ष सविना गिरीले वताउनुभयो । कावासोती ४ स्थित कुमारी प्राथमिक विद्यालयको समेत दातृसँस्था रहेको तम्सरीया फाउण्डेशनका टेरेसा भान रेज्वाइकको पहलमा सँस्थाले २०८१ सालमा करिव ९५ लाख रुपैयाँ सहयोग प्राप्त गरेको वहाँको भनाई छ । त्यसमध्येमा करिव ८५ लाखवाट जग्गा खरीद गरी भवन निर्माणको कार्य भैरहेको पनि गिरीले वताउनुभयो ।

सँस्थामा हाल विभिन्न सामाजिक सँघ सँस्थाले समेत सहयोगको हात अघि वढाइरहेकोले सञ्चालनमा सहज हुने वहाँको विश्वास छ । सँस्थामा हाल सयौँ अपाँग वालवालिकाहरु आश्रित रहेका छन् ।