कावासोती , पौष २९
भारतीय पूर्व गोर्खा सैनिकहरुको पेन्सन प्रयोजनका लागि नवलपुरको कावासोतीमा एक दिने शिविर सम्पन्न भएको छ । पौष २९ गते मँगलवारका दिन कावासोती ८ स्थित मनकामना सभाहलमा सम्पन्न शिविरमा नवलपुर क्षेत्रका करिव ३ हजार पाँच सय भारतीय पूर्व गोर्खा सैनिक तथा परिवारले पेन्सन प्रयोजनका लागि पेन्सन पट्टा नवीकरण तथा जीवित प्रमाणपत्र पेश गरेका छन् । भारतीय दुतावास शाखा कार्यालय भरतपुरद्वारा पेन्सनरहरुको सहजताका लागि एक दिने शिविर सञ्चालन गरिएको हो ।

पेन्सन पट्टा नवीकरण तथा जीवित प्रमाणपत्र पेश गर्नका लागि भरतपुर धाउने झन्झट हटेकोमा पेन्सनरहरुले खुशी व्यक्त गरेका छन् । असहाय र शारीरिक रुपमा असक्षम वनेका पूर्व सैनिक तथा परिवारलाई शिविरले ठुलो राहत मिलेको पूर्व गोर्खा सैनिक तीर्थ वहादुर थापाले वताउनुभयो ।
पेन्सनरहरुले पेन्सनका सन्दर्भमा कतिपय प्रावधानहरु नवुझ्ने र त्यसले गर्दा झन्झट आइपर्न सक्ने कुराहरुका वारेमा पनि शिविरमा जानकारी गराइएको थियो । पछि गएर पछुताउनुभन्दा आफुले के के सुविधा पाइएको छ , के के सुविधा छुटेका छन् भन्ने वारेमा वुझ्न अर्का पूर्व गोर्खा सैनिक सुवेदार प्रेम वहादुर खड्का पेन्सनरहरुलाई सुझाव दिनुहुन्छ ।

नवलपुर क्षेत्रमा भारतीय पूर्व गोर्खा सैनिक तथा परिवारहरुको सँंख्या उल्लेख्य रहेको छ । ती पेन्सनरहरुको सहजताका लागि एक दुइ दिनको शिविरले सहजता थपेको भएपनि यो पर्याप्त नभएको पुर्व गोर्खा सैनिक योगप्रसाद शर्मा वताउनुहुन्छ । आगामी दिनमा विशेश योजना सहित अझ व्यवस्थित तरिकाले पेन्सनरहरुलाई सेवा पु¥याउन वहाँले भारतीय राजदुतावासलाई अनुरोध गर्नुभयो ।

शिविर कावासोती निवासी कर्णेल धन वहादुर मास्कीको पहल तथा भारतीय भुपू सैनिक कल्याणकारी सहकारी सँस्थाको सहजीकरणमा सम्पन्न भएको थियो । सहकारीको सहजीकरणमा नवलपुर क्षेत्रका पेन्सनरहरुलाई हरेक वर्ष पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गरेर सेवा पु¥याउने गरिएको सँस्थाका अध्यक्ष रवीन्द्र अधिकारीले वताउनुभयो । साथै आगामी दिनमा अझ व्यवस्थित वनाएर लैजाने पनि अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा नवलपुरका ८ वटै पालिकामा वसोवास गर्ने पूर्व गोर्खा सैनिक तथा परिवारहरुले सेवा लिएका थिए । भीडभाड हुने र स्वास्थ्य सम्वन्धि समस्या भएका पेन्सनरहरुका लागि एम्वुलेन्स सेवा समेत व्यवस्था गरिएको सहजकर्ता सँस्थ भुतपूर्व सैनिक कल्याणकारी सहकारी सँस्थाका कोषाध्यक्ष लेखनाथ तिवारीले जानकारी दिनुभयो । शिविर सञ्चालनमा नवलपुरका विभिन्न सुरक्षा सँयन्त्र तथा सञ्चार माध्यमहरुले पु¥याएको सहयोगका लागि वहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
शिविरमा भारतीय राजदुतावास पेन्सन शाखाका मेजर नविन कुँवरको टोली खटिएको थियो भने भारतीय भुपू सैनिक कल्याणकारी सहकारी सँस्थाका कार्य समिति एवम महिला कल्याणकारी सँस्थाको कार्यसमितिले सहजीकरण गरेका थिए ।