नेपाल एसवीआई वैँक कावासोतीद्वारा विद्यालयमा स्मार्टबोर्ड प्रदान ।

कावासोती , २१ पौष ।

कावासोती , २१ पौष ।

नेपाल एस वी आइ वैँक कावासोती शाखाले नवलपुरको कावासोती ११ कुढौँली स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट वोर्ड प्रदान गरेको छ । बैँकले विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा स्मार्ट वोर्ड प्रदान गरेको हो ।

गत पौष १८ शुक्रवारका दिन एक कार्यक्रमका वीच वैँकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख ७५ हजार रुपैयाँ वरावरको स्मार्ट वोर्ड प्रदान गरेको शाखा प्रमुख पूर्ण कुमार गुरुङ्ले वताउनुभयो ।
कार्यक्रममा स्वर्ण महोत्सव समारोह मुल तयारी समितिका अध्यक्ष तिलक थापा मगरको अध्यक्षता रहेको थियो भने समाजसेवी कर्णेल धन वहादुर मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा समाजसेवी एवम साहित्यकर्मी लिला मास्की राना,वडाध्यक्ष शारदा प्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद रिजाल , समाजसेवी लालचन श्रेष्ठ, प्रेम वहादुर राना, योगप्रसाद शर्मा लगायत अतिथि रहनुभएको थियो ।
स्मार्ट वोर्ड प्राप्त भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उपलव्धिमा टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पँगेनीले वताउनुभयो । साथै वहाँले स्मार्ट वोर्ड प्रदान गरी शिक्षण सिकाईमा सहयोग पु¥याएकोमा नेपाल एस वी आई बैँक कावासोती शाखालाई धन्यवाद व्यक्त गर्नुभयो ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.