निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

काठमाण्डौ , मँसिर २७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ । शनिवार, भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा वोल्दै , निर्वाचनको वातावरण नवनेपछि प्रतिनीधि सभा पुनस्र्थापनाको आफ्नो माग यथावत रहेको वहाँले वताउनुभएको हो ।

वहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै अरू दलहरूलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत सरकार भएको आरोप लगाउँदै ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने जिकिर गर्नुभयो । दलहरूलाई कमजोर बनाएर देश नबन्ने भन्दै वहाँले उत्तरदायित्व विनाका पात्रहरूले देशलाई सङ्कटतर्फ धकेल्ने चेतावनी पनि दिनुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने भन्दै ओलीले पछिल्लो समयमा विभिन्न शक्तिहरूले एमालेमाथि प्रहार केन्द्रित गरेको दाबी गर्नुभयो ।

भक्तपुरको सल्लाघारीमा आयोजित सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभयो ।

महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूले शुभकामना दिएका छन् । महाधिवेशन आगामी सोमवारसम्म चल्नेछ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.