नवलपुरको २ वटा निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्र सहित ३७ जनाको उम्मेदवारी परेको छ ।
नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा स्वतन्त्रबाट ६ जना र १२ वटा राजनीतिक दलका १२ जना सहित सहित १८ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जनाएको छ ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुरमा ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपा सहितका दलहरुले उमेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायतका दलहरुका उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् ।

नवलपुर क्षेत्र नं १ मा काँग्रेसबाट २ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा काँग्रेस जिल्ला उपाध्यक्ष बालकृष्ण घिमिरे र गजेन्द्र आलेले उम्मेदवारी दिएका छन् । त्यसैगरी नवलपुर २ बाट नेपाली काँग्रेसका ओम घर्ति थापाले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट नवलपुर क्षेत्र नं। १ बाट भागीरथ सापकोटा र नवलपुर २ बाट तिलक महतले उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता नेकपाबाट नवलपुर १ मा लोकप्रसाद भुर्तेल, नवलपुर २ मा गणेशमान महतो, रास्वपाबाट नवलपुर १ मा राजन गौतम र नवलपुर २ मा मनिष खनालले उमेदवार दिएका छन् ।
त्यसैगरी राप्रपाबाट नवलपुर १ मा दीपक बस्ताकोटी, नवलपुर २ बाट रुनकुमारी महतो, श्रम संस्कृति पार्टीबाट नवलपुर १ मा भिमचन्द्र गुरुङ र नवलपुर २ मा कमल चापागाईले उमेदवारी दिएका छन् ।

त्यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट नवलपुर १ मा सौगात महतो, नवलपुर २ बाट मानसिंह महतो, नेकपा (माओवादी) बाट नवलपुर १ मा बेलबहादुर सारु र नवलपुर २ मा गंगाप्रसाद ज्ञवाली (सुमन) ले उमेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पाटीबाट १ बाट छविलाल राना मगरले उमेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको तर्फवाट भने नवलपुर १ वाट शत्रुघन थापा मगर र २ वाट खेम वहादुर राना मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
यस पटकको निर्वाचनमा देश र जनता भलो चाहने उम्मेदवार को जित हासिल होस यही सुभकामना छ।