टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

टीओबीबारे चिनियाँ पक्षले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै चासो अनि आफ्नै डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले यो समूहको साइनो फ्रि तिब्बतसँग नभएको निष्कर्ष निकालेको छ ।

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ ।

डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले यो समूहको फ्रि तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ ।

जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरुले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने जवाफ दिएको थियो ।

२६ असोजमा यो समूहका मुख्य व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिन बाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको प्रष्ट बताएको छ ।

By buddhadarshantv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.