कांग्रेस महाधिवेशन वैशाख २८ देखि गर्ने प्रस्ताव पारित ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बसेको बैठकमा, नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पारित भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पौषमा प्रस्ताव भएको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।’

यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गर्नुभएको छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.