कांग्रेसको विभाजनसँगै विवाद उत्पन्न ।

नेपाली कांग्रेस औपचारिक रुपमा विभाजन भएसँगै झण्डा र चुनाव चिन्हका विषयमा विवाद उत्पन्न भएको छ ।

संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही र विशेष महाधिवेशन पक्षधरले नयाँ कमिटी चयन गरेसँगै कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । दुवै पक्ष आफू आधिकारिक भएको दाबी गर्दैै आयोग गएका हुन्  ।थापा पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएर विशेष महाधिवेशन गरिएको र नेतृत्व चयन प्रक्रिया अघि बढाएको जानकारीसहित अस्ति मंगलवार नै आयोगमा पत्र बुझाएको छ ।

नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न अर्को पत्र पठाउने तयारी भएको छ । संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठकबाट महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र आयोगमा पठाएको छ ।

विशेष महाधिवेशन आयोजना नभएको र त्यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न पत्रमा भनिएको छ । निर्वाचन आयोगले दुवै पक्षको पत्र प्राप्त भएको र राजनीतिक दलसम्बन्धी विवादमा बैठक बसेर निर्णय गर्ने जनाएको छ ।

माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले त्यसअघि नै निर्णय गर्नुपर्ने आयोगलाई दबाब छ । राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ९ को दफा ४३ मा विवादको निरूपण गर्ने व्यवस्था छ ।

दुई वा दुईभन्दा बढी दलबिच वा एउटै दलमा दुई वा दुईभन्दा बढी पक्षहरूबीच विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ । आयोगको निर्णयमा चित्त नबुझे अदालत जान पाइने व्यवस्था पनि छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.