मनोरञ्जन

पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमाल गुरुङलाई परिवारले लाहुरे बनाउन चाहन्थे । तर उनले आफ्नो बाटो आफैं बनाए । पढाइका सिलसिलामा युरोप पुगेका हिमाल अहिले नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक बनेका छन् । ४ मंसिर, काठमाडौं । पोखराका हिमाल गुरुङले युरोप पुगौंला, व्यापार-व्यवसाय चलाउँला र मनग्ये पैसा कमाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर जे नसोचेको त्यही भइदियो । अहिले हिमाल युरोपेली देश नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक मात्र बनेका छैनन्, त्यहाँका थुप्रै नेपाली युवाका लागि प्रेरणा बनेका छन् । घर-परिवार तथा दाजुभाइ उनलाई ‘लाहुरे’ बनाउन चाहन्थे । किनकि, लाहुरे बन्नु उनको परिवारको पर्ख्यौली पेसा जस्तै थियो ।
Read More
श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

यतिबेला कर्मचारीको दिनचर्या हाजिर गर्ने र बस्ने जस्तै भएको छ । न कुनै नयाँ योजना अघि बढेका छन्, न पुराना कार्यले प्राथमिकता पाउन सकेका छन् । ८ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन अघिसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राम्रै चहलपहल हुन्थ्यो । मन्त्रीदेखि कर्मचारीलाई भेट्न आउने आगन्तुकदेखि कूटनीतिक नियोगबाट समेत चहलपहल बढ्दो थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सामान्यतया बिहान १० बजे मन्त्रालय पुगिसकेका हुन्थे । सचिव तथा अन्य कर्मचारीसँग आवश्यक ब्रिफिङ लिन्थे र नयाँ–नयाँ योजना अघि बढाउँदै श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा गर्न सकिने सुधारका पाटाबारे अनेक उपाय लगाइरहेका हुन्थे । तर, अहिले दुई…
Read More
न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

धनाढ्यहरूको मन्दिरतिर गरिबहरूको काँधमा चढेर दर्शन गर्न जाने बाटो लिएकैले यो दुर्घटनासम्म पुग्नुपरेको हो । बरु सीमान्त वर्गलाई ईश्वर सम्झेर या मानव सम्झेर सेवा गरे चैं ममदानी बनिन्छ । यो साता काठमाडौंका डबलीहरूमा कम्युनिस्ट भनिने पार्टीहरूको विघटन, पुनर्गठन, बहिर्गमन सहित आपसमा हेलाँ, घृणा र अपमान छ्यापाछ्याप गरेका अनेक दृश्यहरू मञ्चन भए । लामो समय संसद्, संघीय र प्रदेश तथा स्थानीय सरकार, देशका मुख्य–मुख्य सबै सार्वजनिक संस्था चलाएका र आफ्नो कार्यकालमा समाज रूपान्तरणका लागि उल्लेख्य हस्तक्षेप गर्न नसकेका यी दल र नेताहरू भदौ २४ का घटनाबाट मूर्च्छित भएर ब्युँझदै थिए ।  अग्रभागमा थिए ६५ देखि ८० बीचको उमेर समूहका प्रचण्ड, केपी,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.