जीवनशैली

सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ

सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ

आर्थिक प्रस्ताव खोल्नुअघि नै सञ्‍चारमन्त्री खरेलले ‘होल्ड गर्नू’ भनेपछि नयाँ ठेक्का प्रक्रिया स्थगित भएको सूचना टेलिकमले निकालेको हो। त्यसपछि भने प्रक्रिया रोकिएको छ । २ मंसिर, काठमाडौं । आफ्नै स्वामित्वको टेलिकम कम्पनी नेपाल टेलिकमको बिलिङ प्रणालीको नयाँ ठेक्का प्रक्रिया सरकारले रोकिदिएपछि खरिदमा ढिलाइ हुने भएको छ । समयमा ठेक्का नलागे करोडौं ग्राहक भएको टेलिकमको सेवा अवरुद्ध हुने जोखिम बढ्ने देखिन्छ । नेपाल टेलिकमको बिलिङ प्रणालीबारे १३ वर्षदेखि विवाद हुँदै आएको छ । यसअघि सन् २०११ मा चिनियाँ कम्पनी एसिया इन्फोलाई यसको ठेक्का दिइएकोमा त्यसपछि पटक-पटक नवीकरण गर्दै चलाउने गरिएको छ । यसरी नवीकरण गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान…
Read More
मोटरसाइकल वा कार होइन, जेनजीले सार्वजनिक बस चढून्

मोटरसाइकल वा कार होइन, जेनजीले सार्वजनिक बस चढून्

राज्यले सिधै बस खरिद गरेर चलाउने भन्ने हैन, निजी र राज्यको लगानी गरी सार्वजनिक यातायात प्राधिकरण वा कम्पनी मार्फत स्थानीय निकायहरूको क्लस्टर बनाएर व्यवस्थापन गर्ने राम्रो उपाय हो। अहिलेको जेनजी पुस्ता मोटरसाइकल र निजी सवारी साधनप्रति बढी आकर्षित भएको देखिन्छ। सार्वजनिक यातायात प्रयोग गर्न नपरोस् भन्ने चाहना उनीहरूमा स्पष्ट रूपमा बुझ्न सकिन्छ। अब, सबै क्षेत्रमा सुधार आवश्यक छ। सुधारको थालनी यातायात क्षेत्रबाट गरौं, जहाँ यसको अत्यधिक आवश्यकता छ। मुख्यतया, जेनजीको चाहना देशमा विकास र सुशासन नै हो। यी दुवैका लागि यातायात प्रणालीमा सुधार अपरिहार्य छ। सरकारले पछिल्लो केही वर्षदेखि सडक चौडा, अन्डरपास, ओभरपास, फ्लाइओभर र सुरुङ मार्गको सुधार र विस्तार…
Read More
मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री

९ मंसिर, मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.