Premdhwaj Gaha Magar

4 Posts
सुरक्षाको ग्यारेन्टी भए युक्रेन चुनावका लागि तयार छ : जेलेन्स्की ।

सुरक्षाको ग्यारेन्टी भए युक्रेन चुनावका लागि तयार छ : जेलेन्स्की ।

साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे चुनावका लागि तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वताएका छन् । युक्रेनले चुनाव रोक्नका लागि युद्धको प्रयोग गरिरहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोर्‍याएपछि जेलेन्स्कीले चुनावका लागि तयार रहेको वताएका बीबीसीले जनाएको छ । राष्ट्रपतिका रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने तय भएको थियो, तर रुसको आक्रमणपछि ‘मार्शल ल’ घोषणा भएपछि युक्रेनमा चुनाव स्थगित भएको छ । मिडिया कम्पनी ‘पोलिटिको’ सँगको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कानून परिवर्तन गर्न सक्ने प्रस्तावहरू बनाउन आग्रह गर्ने वताएको खबरमा उल्लेख छ । अमेरिका र अन्य साझेदारहरूको सहयोगमा मतदानको सुरक्षा ग्यारेन्टी भएमा आउँदो ६० देखि…
Read More
मध्यविन्दु समाज कार्य समुहद्वारा न्यानो कपडा वितरण ।

मध्यविन्दु समाज कार्य समुहद्वारा न्यानो कपडा वितरण ।

कावासोतीको मध्यविन्दु वहुमुखी क्याम्पसमा समाज कार्य विषय अध्ययनरत स्नातक तहका विद्यार्थीहरुद्वारा, कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मँगलवार , विद्यालय प्राँगणमा सम्पन्न न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ३० जना विद्यार्थीहरुलाई ट्र्याक सुट, स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।कृतिका लम्सालको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेशमान गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कावासोती १ का पूर्व जनप्रतिनीधि एवम शिक्षक अभिभावक सँघका अध्यक्ष सृजना विश्वकर्मा , विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकुमार सुनार , सल्लाहकार सदस्य सीताराम कुँवर लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि…
Read More
सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् । सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ निवासी २६ बर्षीय सन्दिप महतो करेन्ट लागि घाइते भएका हुन् । उनको शरिरको ३५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । घाइते महतोलाई उपचारको लागी सरकारी अस्पताल भरतपुर चितवन लगिएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Read More
नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष लिङ्देन

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ । मंगलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ । उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए । उनले भने, 'नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.