सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् । सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ निवासी २६ बर्षीय सन्दिप महतो करेन्ट लागि घाइते भएका हुन् । उनको शरिरको ३५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते महतोलाई उपचारको लागी सरकारी अस्पताल भरतपुर चितवन लगिएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

By Premdhwaj Gaha Magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.