मध्यविन्दु समाज कार्य समुहद्वारा न्यानो कपडा वितरण ।

कावासोती नवलपुर , मँसिर २३।

कावासोतीको मध्यविन्दु वहुमुखी क्याम्पसमा समाज कार्य विषय अध्ययनरत स्नातक तहका विद्यार्थीहरुद्वारा, कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।


मँगलवार , विद्यालय प्राँगणमा सम्पन्न न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ३० जना विद्यार्थीहरुलाई ट्र्याक सुट, स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
कृतिका लम्सालको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेशमान गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कावासोती १ का पूर्व जनप्रतिनीधि एवम शिक्षक अभिभावक सँघका अध्यक्ष सृजना विश्वकर्मा , विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकुमार सुनार , सल्लाहकार सदस्य सीताराम कुँवर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि गणेशमान गिरीले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सामाजिक भावनावाट ओतप्रेत भई न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको वताउनुभयो ।

विद्यालयको तर्फवाट मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले , विपन्न दलित जनजाति समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण गरी उनीहरुको शैक्षिक उन्नयनमा योगदान पु¥याएकोमा क्याम्पस परिवार तथा समाज कार्य विषयका विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै पूर्व जनप्रतिनीधि एवम शिक्षक अभिभावक सँघका अध्यक्ष सृजना विश्वकर्माले सराहनीय कार्य गरेकोमा मध्यविन्दु क्याम्पसका विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोहम्मद समिम खानले स्वागत मन्तव्य राख्नुभएको थियो भने ममता पाठकले सहजीकरण गर्नुभएको थियो ।

By Premdhwaj Gaha Magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.