कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते

नवलपुरमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३७ बर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् ।

अधिकारी घरदेखि ३ किलोमिटर पूर्वमा रहेको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा आज दिउँसो बाघले आक्रमण गरेको हो । उनको हातको कुहिनामा चोट लागेको छ । घाइते अधिकारीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।

By buddhadarshantv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.