आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न ।

बुद्धदर्शन टेलिभिजनको प्रवर्द्धक संस्था आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न । अध्यक्षमा थाम बहादुर गाहा ।

नवलपुरको कावासोती स्थित बुद्धदर्शन टेलिभिजनको प्रवर्द्धक संस्था, आदिवासी जनजाति उत्थान सुचना तथा संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा थाम बहादुर गाहा निर्वाचित हुनुभएको छ। गत मंसिर २० गते शनिबार सम्पन्न संस्थाको १५ औं बार्षिक साधारण सभा तथा ५ औं नेतृत्व चयन कार्यक्रमबाट गाहा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा सुनितादेवी गुरुङ , सचिवमा वेल वहादुर वराल , कोषाध्यक्षमा विष्णु वहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रमिला भुजेल, फणीन्द्र बहादुर थापा, खड्क बहादुर महतो, वीर बहादुर कुमाल सदस्यमा निर्वाचित हुनुभएको छ । कार्यक्रमबाट शिव कुमार बुढाको संयोजकत्वमा लेखा समिती चयन भएको छ । जसको सदस्यमा बिमल जोशी र सुनमाया थापा चयन हुनुभएको छ । अन्य उपसमिति पछि चयन गरिने नव निर्वाचित अध्यक्ष थाम वहादुर गाहाले जानकारी दिनुभएको छ । निवर्तमान अध्यक्ष जगतकाजी गुरुङको अध्यक्षतामा सम्पन्न खुला सत्रको कार्यक्रममा समाजसेवी रमिला भुजेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष जगतकाजी गुरुङ्ले प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो भने निवर्तमान कोषाध्यक्ष थाम बहादुर गाहाले आगामी आर्थिक वर्षको कार्यनीति तथा गत आर्थिक वर्षको आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा सह व्यवस्थापक सरिता तामाङ्, असल ऋणी तर्फ दिलमाया गाहा र बिमला चौधरी र नियमित बचतकर्ता तर्फ गफ बहादुर गुरुङ र महत सिं राना पुरस्कृत हुनुभएको छ । त्यसैगरी , माध्यमिक शिक्षा परीक्षा २०८१ अन्तर्गत उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी सारु र शिवानी मस्राङ्गीलाई पनि पुरस्कृत गरिएको छ । विभिन्न समाजसेवीहरुको आतिथ्यता रहेको कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । देशमा गणतन्त्रको उदयसंगै स्थापना भएको आदिवासी जनजाति उत्थान सुचना तथा संचार सहकारी संस्था लिमिटेडले हाल बुद्धदर्शन टेलिभिजन र अनलाइन पत्रीका सञ्चालन गर्दै आएको छ ।

By buddhadarshantv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.