‘बाह्र वाम एक ठाम’ भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको चुनावी शक्ति कति हो ?
२७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दश वटा वाम घटकहरूबीच गत १९ गते पार्टी एकता घोषणा सभामा संयोजक प्रचण्डले भनेका थिए– ‘एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । अब एक नम्बर भयो भयो ।’
दशवटा घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एमालेबाट कारबाहीमा गरेपछि मातृभूमि जागरण अभियान चलाएका नेता भीम रावल पनि मिसिए । नेताहरूका अनुसार रावलको समायोजनले त झन् शक्ति आर्जन गरेको छ ।