राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

यो प्रधानमन्त्री कार्कीको पनि परीक्षा हो । उनले नागरिक सरकारको निष्ठा बचाउन र आगामी चुनावको विश्वसनीयता कायम राख्न चाहन्छिन् भने, कुलमानलाई राजनीतिक स्वार्थको द्वन्द्वबाट मुक्त गर्नुपर्नेछ ।

२६ कात्तिक, काठमाडौं । चुनाव गराउने जिम्मेवारी पाएको नागरिक सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ संलग्न ‘उज्यालो नेपाल’ दलले मंगलबार निर्वाचन आयोगमा पार्टी विधान र केन्द्रीय कमिटीको सूची बुझायो । ५१ जनाको केन्द्रीय समितिमा कुलमान घिसिङको नाम भने राखिएको छैन ।

पार्टी निर्माण प्रक्रियामा अग्रपंक्तिमा रहेर काम गरेका जितराम लामाका अनुसार, निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय समितिको सूचीमा घिसिङको नाम समावेश नगरिए पनि उनकै अगुवाइमा खुलेको दल हो यो ।

By राम तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.