सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ

आर्थिक प्रस्ताव खोल्नुअघि नै सञ्‍चारमन्त्री खरेलले ‘होल्ड गर्नू’ भनेपछि नयाँ ठेक्का प्रक्रिया स्थगित भएको सूचना टेलिकमले निकालेको हो। त्यसपछि भने प्रक्रिया रोकिएको छ ।

२ मंसिर, काठमाडौं । आफ्नै स्वामित्वको टेलिकम कम्पनी नेपाल टेलिकमको बिलिङ प्रणालीको नयाँ ठेक्का प्रक्रिया सरकारले रोकिदिएपछि खरिदमा ढिलाइ हुने भएको छ । समयमा ठेक्का नलागे करोडौं ग्राहक भएको टेलिकमको सेवा अवरुद्ध हुने जोखिम बढ्ने देखिन्छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीबारे १३ वर्षदेखि विवाद हुँदै आएको छ । यसअघि सन् २०११ मा चिनियाँ कम्पनी एसिया इन्फोलाई यसको ठेक्का दिइएकोमा त्यसपछि पटक-पटक नवीकरण गर्दै चलाउने गरिएको छ ।

यसरी नवीकरण गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ भने सर्वोच्च अदालतले पनि नयाँ खरिद प्रक्रिया मार्फत बिलिङ प्रणाली सञ्चालन गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेश अनुसार टेलिकमले पहिलो पटक निकालेको टेन्डरमा एउटा मात्रै कम्पनी सहभागी भएपछि दोस्रो पटक टेन्डर आह्वान भएको थियो । त्यसमा पनि दुइटा मात्रै कम्पनीको प्रस्ताव परेको थियो, जसमध्ये एउटा कम्पनी चीनकै ह्वावे प्राविधिक रूपमा योग्य देखिएको भन्दै टेलिकमले छानेको छ ।

By राम तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.